कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काठमाडौं–६ का यी उम्मेदवारलेहरुले एउटा कार्यक्रम बाट के भने

काठमाडौं–रक्षामन्त्री तथा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ६ का उम्मेदवार भीमसेनदास प्रधानले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दाबी गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले थपे,‘हाम्रो पार्टीले बहुमत ल्याउँछ, चुनाव हुनु नै कांग्रेसको जित हो, हामीलाई जसले हारोस वा जितोस भन्नेमा कुनै चिन्ता छैन, चुनाव हुनु नै हाम्रो जित हो, राष्ट्रको जित हो।’ ०६४ को निर्वाचनमा पनि आफ्नो पार्टीले चुनाव हार्दैछ भन्ने कुरा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई थाहा हुँदाहुँदै पनि मुलुकले जित्ने देखेर चुनाव गरिएको उल्लेख गर्दै आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरे ।
माओवादी केन्द्रले चुनावको मुखमा आएर एमालेसँग् गठबन्धन गर्नु असुरक्षित महशुस गर्नु नै भएको आरोप लगाउँदै प्रधानले भने,‘अहिले गठबन्धन बन्नुको मुख्य प्रभाव भनेको नै ३ प्रतिशत थ्रेसहोल्ड हो, अर्को कुरा माओवादी केन्द्रले आफूलाई असुरक्षित महशुस गर्यो, र एमलेको सत्ता आशक्तले गर्दा यस्तो भयो।’
मन्त्री प्रधानले आफ्नो चुनावी क्षेत्रमा वाम गठबन्धनको तर्फबाट उम्मेद्धवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीलाई चुनावी मैदानमा स्वागत रहेको बताएका थिए । उनले थपे,‘झक्कुजीलाई स्वागत छ, आगामी दिनमा समेत यसरी नै चाहार्दै जानुहोला।’ उनले आफूहरुलाई निषेधको राजनीतिमा कुनै रुचि नै नभएको भन्दै सबैलाई स्वच्छ प्रतिष्पर्धामा ल्याउने आफ्नो पार्टीको उद्देश्य रहेको सुनाए ।
उनले भने,‘हाम्रो पार्टी भनेको सबैसँग सहकार्य गरेर जानुपर्छ भन्ने हो, हुन त हाम्रै पार्टीको नेतवत्ृमा संविधान जारी भयो, चुनाव पनि हाम्रै पालामा भयो, मधेशमा चुनाव भयो, अब पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन निश्पक्ष, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्न गैरहेका छौं।’
मन्त्री प्रधानले आफ्नो चुनावी एजेण्डा भनेको नै पार्टीले चुनावी घोषणपत्र सार्वजनिक गरिसकेकोले अबको एजेण्डा भनेको नै आर्थिक समृद्धि नै भएको बताए । उनले भने,‘हुन त आजको दिनसम्म हामीले जे जति राजनीतिक उपलब्धिहरु हाँसिल गर्यौं, ती सबै अस्थिरताकाबीचमा हाँसिल गरेका छौं, अब ती सबै उपलब्धिहरु संस्थागत गर्नु र संविधान कार्यान्वयन गर्ने चरणमा हामी छौं, चुनाव सम्पन्न भएपछि मुलुक स्थायित्व र आर्थिक समृद्धितर्फ अघि बढ्छ।’
उनले एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धन वामपन्थी वा कम्युनिष्ट गठबन्धन केही नभएर चुनाव जित्न र सत्ता लिप्साको लागि मात्रै भएको आरोप लगाए ।
यस्तै वाम गठन्धनबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवार बनेका झक्कुप्रसाद सुवेदीले अबको निर्वाचनपछि वामपन्थीहरुले अत्यधिक बुहमतको सरकार बनाउने र देशलाई समृद्धितिर लैजाने भएकोले आफूले जितेपछि जनताको सेवामा समर्पित हुने विश्वास दिलाए ।
सुवेदीले वामपन्थीहरुको सरकार बनेपछि मुलुकमा रोजगारी सिर्जना हुने र मुलुक समृद्धिको यात्रामा अघि बढ्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो मुख्य एजेण्डा भनेको नै आर्थिक समृद्धि र राष्ट्रिय स्वाधिनता नै हो, त्यस्तै गरिबी उन्मुलन र स्वदेशमा रोजगारी खोल्ने हो।’
उनले आफू भोलिदेखि जनताको घरदैलोमा निस्किने समेत जनाए । सुवेदीले थपे,‘भोलिदेखि म जनताको घरदैलोमा जाँदैछु, म हरेक जनताको समस्या सुन्नेछु, त्यही अनुसार के गर्न सक्छु भन्ने कुराको म प्रतिबद्धता जनाउनेछु, तर जनतासामू गरेका सबै वाचाहरु पूरा गर्नेछु।’
उनले आफूले ठाउँ परिवर्तन गरेको भन्दापनि पार्टीले दिएको जिम्मेवारीलाई समयसापेक्ष पूरा गरेको उल्लेख गर्दै भने,‘म ११ वर्षदेखि काठमाडौंमा छु, यहाँका जनताहरुको सेवामा छु, हिजोका दिनमा म २ नम्बर क्षेत्रका जनताहरुसँग थिएँ, ०६४ को निर्वाचनमा मलाई २ नम्बर क्षेत्रका जनताहरुले अत्यधिक बहुमतले विजयी गराउनुभयो।’ उनले आफू कोटेश्वरमा बस्ने भएकोले त्यहाँका र त्यो क्षेत्रका जनताहरुको ऋणि भएको समेत स्विकार गरे ।
त्यस्तै उनले आफू कोटेश्वरमा पनि भाडामा बस्ने भएकोले अब ६ नम्बर क्षेत्रमा सर्ने समेत योजना सुनाए । उनले भने,‘जहाँ जिम्मेवारी हुन्छ, त्यही सेवा गर्छु, अब म ६ नम्बर क्षेत्रका जनताहरुको सेवामा म समर्पित हुन्छु।’ उनले काठमाडौंका मनोहरा कोरिडोर आफ्नो अवधारणा भएकोले यही नै आफ्नो जितको मुख्य आधार भएको जिकिर गरे । उनले आफू जनताको दुःखको साथी बन्नको लागि चुनावी मैदानमा होमिएको समेत स्पष्ट पारे ।
विवेकशील पार्टीका काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवार रमेश चिलुवालले मुलुकमा पछिल्लो समय देखिएको असँगति र विसँगतीको विरुद्धमा आफ्नो उम्मेद्धवारी भएको स्पष्ट पारे । उनले भने,‘म यो गर्छु उ गर्छु भनेर उम्मेद्धवार बनेको होईन, यो क्षेत्रको असल प्रतिनिधित्व भएर देखाउँछु, अरु केही सस्तो नारा हाम्रो छैन्।’

 

त्यस्तै उनले आफू पहिले कांग्रेस भएपनि कांग्रेस अहिले सागबाट गुन्द्रक भैसकेकोले अब गुन्द्रुक कुनैपनि हालतमा साग बन्नै नसक्ने आरोप लगाए । उनले थपे,‘कांग्रेस भनेको नोकियाको फोनजस्तै भयो, अब अहिले त सामसुङ स्मार्टफोनको जमाना हो।’ उनले आफूहरु कुनै दलसँगपनि मिसिने सम्भावना नरहेको जिकिर गरे ।
सो क्रममा काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवारहरुले अबको निर्वाचनमा आफूहले स्वस्थ प्रतिपष्र्धा गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमा नेपाली कांग्रेसबाट उम्मेद्धवार बनेका रक्षामन्त्री समेत रहेका नेता भीमसेनदास प्रधान, वाम गठबन्धनबाट उम्मेद्धवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी र विवेकशील पार्टीका उम्मेद्धवार रमेश चिलुवालले निर्वाचनमा आफूहरुको स्वस्थ प्रतिष्पर्धा हुने बताएका हुन् |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent