निर्मल सुब्बा ले पुर्बेली लाेकदाेहाेरी,लाेक आधुनिक,लोकपप,आधुनिक गरिअहिले सम्म सयौं गीतहरु गाइसकेका छन् |गायिका सत्यकला राई संगको युगल आवाज रहेको पाथीभरा शिर होस् वा गायिका मेलिना राई संगको सहकार्यमा बितोस है सारा जुनी .. उहाले गाउनुभएको दर्जनौ गीतहरु श्रोताको मन मन्दिरमा बस्न सफल भएको छन् |सुब्बाको आधा दर्जन म्युजिक भिडियोहरु युटुब मा लोकप्रिय भएको छन् |
गायक निर्मल सुब्बाले पहिलो चोटी लिम्बु भाषाको गीत पनि रेकर्ड गरेका छन ! लिम्बू जातिको महान चाड चासाेक तङनामलाई समेटेकाे गीत: तरेमे चासाेक तङनाम अाे चुमिराे… तरेबे लुङ्मा पहिम केरेक तुमिरो…बोलको दोहोरी गीत गायिका,माेडल लक्ष्मि योङ्हाङ संग गाएक छन । यश गीत को शब्द गीतकार हर्क बहादुर योङ्हाङ्ले गरेको छ भने संगीत संयोजन : बरिस्ठ संगीतकार:अशोक लोहोरुङ राइको रहेको छ ! उक्त गीतको को म्युजिक भिडियो पनि तयार भई सकेकाेछ । म्युजिक भिडियो मा हङकङबासी समाजसेवी तथा मोडल भिम तुम्बाहाङ्फे र चर्चित मोडल शैलेन्द्र थेबे र लक्ष्मी योङ्हाङको अभिनय रहेको छ ! यस गीतकाे म्युजिक भिडियो निर्देशन युवा निर्देशक लोकेन साँबाले गरेका छन । याक्थुङ हाक्पारे पालाम सयङकाे प्रस्तुति रहेकाे म्युजिक भिडीयोको युटयुबमा सार्वजनिक भई सकेकाेछ । चाशोक तङनाम बोलको लिम्बु भाषाको म्युजिक भिडियो अब चाडैं नै विभिन्न टेलिभिजन तथा युटुब च्यानल मार्फत सार्वजनिक हुदैछ |