कसैले गरेको भुल हुँ म शब्द ,संगीत , स्वर अनि अनि उत्कृट म्युजिक भिडियो संयोजन यो गीतको भावले सबै लाई भाबुक बनाउछ | गीतकार तथा समाजसेवी संगीता उप्रेती रिजालको सामाजिक परिबेस ले ओतप्रोत भएको गायिका अन्जु पन्तको सुमधुर आवाजमा म्युजिक भिडियो सहित सार्बजानिक भएको छ l लामो समय देखि अमेरिकामा बसेर पनि नेपालमा सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै गित संगीतको क्षेत्रमा समेत छुट्टै पहिचान बनाउन सफल गीतकार संगीता उप्रेती रिजालले बिशेष गरि नारी बेदना लाई गीतमा समेटिएकी छिन |
एउटी सहारा बिहिन बालिका कसरी आफुले अभिभावक ठानेको व्यक्ति बाट वेश्यालयमा बेचिन पुग्छे यस्तै यस्तै दर्दनाक कथा ब्यथा लाई निर्देशक समन अधिकारीले आकर्षक ढंगले म्युजिक भिडियोमा समेटेका छन् |जस्तै आपत बिबत आइपरेतापनी केहि काम गर्ने अठोटका साथ अघि बढे अवस्य सफल भइन्छ भन्ने गीतको भाव रहेको छ |
एउटी अनाथ बालिका जिन्दगीको प्रतेक पलमा संघर्स गर्दै हिरो अफ द इयर बाट सम्मानित हुन् सफल हुन्छिन | समाजमा घटेको यथार्तलाइ शब्दमा जस्ताको त्यस्तै उतारेर गित संगीत मार्फत तथा म्युजिक भिडियो मार्फत दर्शक श्रोता माझ लिएर आएकी हुन l गित सगीत मार्फत जनचेतना फैलाएर जनस्तरमा सकारात्मक संदेश दिने उदेश्यले गीतकार संगीता उप्रेतीको कदम प्रसंसा गर्न लायकको छ |
यस गीतमा अन्जु पन्तको स्वर, समाजसेवी, गीतकार संगीता उप्रेती रिजालको शब्द तथा किरण कंडेलको शब्द संगीत रहेको छ l म्युजिक भिडियो निर्देशक समन अधिकारिले निर्देशन गरेको यस म्युजिक भिडियोलाइ दिपेन्द्र थपलियाले छायांकन गरेका हुन l बाल कलाकार सृनिती रिजालको उत्कृस्ट अभिनय रहेको यस म्युजिक भिडियोमा गीतकार संगीता उप्रेती रिजाल, शंकर, रेश्मा, बबी तथा दिपक राजको अभिनय रहेको छ l समाज लाई रुपान्तरण गर्नको लागि यस्तो मार्मिक संदेश मुलक गीत तिन करोड नेपालीले सुन्न र हेर्न आवश्यक छ |