कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपाली चलचित्र रेश जनवरी २८ मा हङकङमा भब्य प्रिमियर हुदै छ |

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश”
जनवरी २८ तारिक आईतबार का दिन हङकङ मा प्रथम प्रीमियर संगै बिशेस  प्रदर्सन हुदैछ ! दुबई लगायत नेपालको बिभिन्न रमणीयस्थलमा छयांकन गरिएको रेश मा हरेक मानिसको सपना हुन्छ त्यहि सपना लाइ पुरा गर्न हर समय संघर्ष गरिरहेको हुन्छ | कसैको सपना चाडो पुरा हुन्छ त कसैको ढिलो बास्तवमा यहि नै हो रेश चलचित्रको कथा सार

कलाकारहरुमा निता ढुंगाना,पुस्पा लिम्बु ,इकु सुलेमान ,किरण केसी ,रबिन्द्र खडका ,शुभाष गजुरेल हस्त लिवाङ रबिन लिवाङ र साथमा नया प्रस्तुति जियान र एजेश सैंजु रहनु भएको छ | स्वर उदितनारायण झा ,अन्जु पन्त सुजाता उपाध्याय, दिपराज नियोङहाङ, सन्जित लामा मोमिला लामा पटकथा सम्बाद मौनता श्रेष्ठ, छायांकन कुमार बखती सम्पादक मन्दील श्रेष्ठ गीतकार आनन्द अधिकारी,कृष्ण थापा ,र सन्जित लामा संगीत आनन्द राई ,नृत्य निर्देशन गोबिन्द राई,तथा दन्द शंकर महर्जन ले गरेको छन् |चलचित्रको छायांकन झापा ,इलाम मोरङ र दुबइको रमणीय स्थल मा गरिएको छ | त्यस्तै निर्माताहरुमा बिशाल थेबे , हेमन्त गौतम ,चन्द्र लिम्बु ,संजिव लिङदेन ,राज सेम्बु पासाङ घ्याल्मो र सह निर्माता रबिन कुमार गुरुङ रहेको छन् |

उक्त प्रिमियर शो कार्यक्रममा निर्देशक किशोर सुब्बाको पनि उपस्थित हुने छ | निर्देशक सुब्बाले संम्पुर्ण ईस्टमित्र र सुभचिन्तक महानुभावहरुमा चलचित्र हेरिदुनु भइ हौसला पुर्याईदिनहुनेछ भन्ने विस्वास लिनु भएको छ |
रेस का निर्माता हस्त लिबाङ भन्नु हुन्छ चलचित्र मा कुनै कन्प्रमाइज् नगरी निर्माण  गरेको र रेश हरेक दृष्टिकोणले राम्रो भएकोले यो दर्शकहरुले चलचित्र मनपराउनु हुनेछ भन्नेमा ढुक्क हुनुहुन्छ | हस्त लिवाङ आगाडी भन्नुहुन्छ किनकी यस्को कथा बस्तु राम्रो छ र बिदेस मा पनि छायांकन गरिएकोले आशा गर्ने ठाउ धेरै छन् |निर्माताको भनाइ अनुसार  रेश चलचित्र निर्माणमा  १ करोड खर्च भएको छ |

लिवाङले यस् चलचित्र अगाडि खुर्पा निर्माण गर्नु भएको थियो | लिबाङ हङकङका स्थाननिय बासि र समाज सेबी पनि हुनुहुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……