लाखे है भन्दै ठट्टा गरेर हँसाउँदै आएका कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) ले सुटुक्क विहे गरेका छन् ।
तक्मे बुढा दुलहा बनेर गुरुङ पहिरनमा ठाँटिएका थिए । लजाउँदै जग्गेमा बसे अनि दुलहीलाई हेरेर मुसुक्क मुस्कुराए । कुरा लुकाई रहनु परेन, उनी अनस्क्रिन दुलहा बन्दै थिए । फिल्मको नाम जुराइएको छ–‘साली कसको भेनाको ।’ लोकेसन रहेको छ धम्पुस । गुरुङ वस्तीलाई पृष्टभूमिमा राखेर दीर्घ गुरुङ बिहेको दृष्य खिचिरहेका थिए । भद्र भुजेल चाहि निर्देशनमा रहेका थिए । फिल्मलाई प्रसाद श्रेष्ठले लगानी गरेका छन् ।
उनी सन्तान, कान्छी, कर्जा जस्ता फिल्मका निर्माता पनि हुन् । यहि फिल्मबाट विल्सनविक्रम राई अर्थात तक्मे बुढा मूख्य भूमिकामा देखिंदै छन् । चुस्स दाह«ी पालेका तक्मे दुलहाको ठाँटमा निकै खुलेका थिए । उनकी दुलही रहिछिन्–रजनी गुरुङ । फिल्ममा रजनीसँगै मरिष्का पोखरेल, सुष्मा कार्की, बुद्धि तामाङ, रवी गिरी, प्रिया रिजाल, बिरेन श्रेष्ठ देखिने छन्