नेपाली कथानक चलचित्र गल्ति को इलाममा भब्य प्रिमियर शो हुदै

पुर्बेली कलामंचको प्रस्तुति नेपाली कथानक चलचित्र गल्ति को चैत ९ गते इलामको रबि मा भव्यताका साथ प्रिमियर हुदै छ | त्यस पछि पूर्वको बिभिन्न
स्थानमा चलचित्रको च्यारिटी शो हुदै छ | नारी उत्पीडन र बेदना लाई समिटिएको चलचित्र गल्तिको लेखन निर्देशन मोफसलको चर्चित निर्देशक
राज चाम्लिङले गरेका हुन् | उहाको धेरै उत्कृस्ट सृजनाहरु लाई दर्शकहरुले मन मनपराई सकेका छन् | स्वप्निल राई र सुनिता सुनुवार दारा निर्माण भएको
गल्तिको कलाकारहरुमा कमल बराईली रोमन लिम्बु दिपा योङहाङ अनिता रे अर्जुन श्रेष्ठ आदि रहेका छन् | त्यस्तै छायांकन सम्पादन तिलक रिजाल दन्द
कमल बराइली राज राई ले गरेका छन् भने संगीत राज चाम्लि कै रहेको छ | अहिले आएर दर्शकहरुले स्टार कास्ट भन्दा चलचित्रको बिषय बस्तु र प्रस्तुति
लाइ रुचाउनु थाल्नु भएकोले वास्तविक घटना लाइ समेटिएको चलचित्र लाई दर्शकहरुले मन पराउनु हुनेमा निर्देशक राज चाम्लिङ आशावादी रहेका छन् |
उनले निर्देशन गरेको यथार्थ पृष्ठभूमिको चलचित्र भिर गाउँ हेरेर धेरै दर्शकहरु रोएको थिए |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार