डीपीएल-२ क्रिकेटको उपाधि टिम चौराह धनगढीलाई

धनगढी — रुस्लान धनगढी प्रिमियर लिगको उपाधि टिम चौराह धनगढीले उचालेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि उचालेको हो । १८२ रनको लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १६० रनमा रोकेपछि चौराहले उपाधि उचाल्न सफल भएको थियो ।

तस्बिरः हेमन्त श्रेष्ठ

काठमाडौंबाट ओपनर अमित श्रेष्ठले ससर्ावधिक ५८ रन बनाए । ३९ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।
पुष्प थापा १५, ज्ञानेन्द्र मल्ल ३०, नरेश बुढाऐर १९ र सन्नी पटेल २२ रनमा आउट भए ।
टिम चौराह धनगढीका ललितसिंह भण्डारीले ३ र म्यान अफ दि फाइनल रोहन मुस्तफाले २ विकेट लिए ।
ललितले ४ ओभरमा २२ र मुस्तफाले ४ ओभरमा ४६ रन खर्चिए । सम्साद शेख र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।
गत वर्ष धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै डीपीएलको पहिलो संस्करण जितेको थियो ।
टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो।
सुनील धमला र रोहन मुस्तफाले १४२ रनको साझेदारी गरेपछि धनगढीले फाइनलमा राम्रो योगफल बनाएको हो।
ओपनर धमलाले ६३ बल खेली ८ चौका ३ छक्काको मद्दतले ७८ रन बनाए। उनी अन्तिम ओभरमा सुबोथ भाटीको बलमा आउट भए।
अर्का ओपनर अस्फाक अहमदलाई ४ रनमा गुमाएपछि क्रिजमा आएका मुस्तफाले ६० रन बनाए। युएईका यी ब्याट्सम्यानले ४२ बल खेली ४ चौका र ४ छक्का प्रहार गरे।
काठमाडौं गोल्डेन्सबाट भाटीले २ विकेट लिए। सन्नी पटेलले १ विकेट लिए।
….
यी दुई टोली प्रतियोगितामा तेस्रोपटक भिडेका थिए ।
उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले धनगढीलाई पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले १ बल बाँकी रहँदा १ विकेटको रोमाञ्चक विजय हात पारेको थियो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार