नेपाल कम्युनिष्ट पार्टीकाे महासचिवमा विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीको सञ्चालनका लागि नौ सदस्यीय सचिवालय बनेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रका दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको आठ जना र एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको बैठकले निर्णय गरेको हो ।

यस्तै एकतापछि बन्ने पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

स्रोतका अनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् । संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको छ । भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने भएकाे छ ।

बरियता क्रम टुगों लाग्यो
पार्टी सञ्चालनमा महत्वपूर्ण भूमिका रहने सचिवालयमा शीर्ष नेताहरुको वरीयता टुंगो लागेको छ । वरियताक्रम अनुसार क्रमशः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि  माधवकुमार नेपाल, झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

पार्टीको केन्द्रीय कार्य समिति ४ सय ४१ सदस्यीय हुनेछ । त्यसैगरी त्यसको स्थायी समिति ४३ सदस्यीय रहने बताइएको भए पनि २ सदस्य थप गरी ४५ र्पुयाइने भएको छ । थपिएकामध्ये १ माओवादी तथा १ एमाले तर्फका हुनेछन् ।

२ सदस्य थप गरिएपछि अब माओवादी १९ र एमाले २६ गरी जम्मा ४५ जना केन्द्रीय समिति सदस्य रहनेछन् ।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार