काठमाडौं, १४ जेठ । अन्ततः संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच सोमबार बिहान संविधान संशोधन तथा सरकारमा सहभागिताबारे दुई बुंदे सहमति भएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागीा हुनेबारे सहमति भएको हो । सत्तापक्ष र फोरम नेपालबीच भएको सहमति अनुसार सरकार संविधान संशोधन गर्न तयार भएको छ ।
सहमतिपत्रमा ‘संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा गरिने’ उल्लेख छ । ‘सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने’ सहमतिपत्रमा उल्लेख छ । सहमतिको दोस्रो बुँदामा ‘संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने’ उल्लेख छ ।