तारा एयरको विमान दुर्घटना, सबै सकुशल

काठमाडौँ — जुम्लामा तारा एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।  जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ ।

नेपालगन्ज बिमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा ठोक्किएको थियो।

२ बजेर ४० मिनेटमा विमान अवतरणा गर्न लागिएकाे थियाे। विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन्।

जहाजकोनोज -अगाडिको भाग_मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो। यो विमानका क्याप्टेन जेके निरौला थिए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार