कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुन तस्करीको अनुसन्धानका क्रममा व्यापारी विमल पोदार पक्राउ

काठमाडौँ — संगठित सुन तस्करी माथि अनुसन्धान गर्न बनेको बिशेष समितिले व्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको होपोदारलाई बा८च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडीसहित नियन्त्रणमा लिइएको बताइएको छ।

उच्च प्रहरी स्रोतका अनुसार पोदरको बुधबार दिउँसो गृह मन्त्रालयमा वयान जारी छ।
समितिले संगठित रुपमा हुँदै आएको सुन तस्करीको अनुसन्धान गरिरहेको छ। यही सिलसिलामा समितिले झण्डै चालिस जनाबिरुद्ध संगठित अपराध, हत्या तथा तस्करीको अभियोगमा मुद्दा चलाइसकेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार