टिपर दुर्घटनाः १५ जनाको मृत्यु, घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइदै

कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको छ ।

उक्त टिपर दुर्घटना हुँदा अनुमानित १५ जनाको घाटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ । प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार स्याङबोचेमा खाना खाएर तामाखोलामा काममा जाने क्रममा टिपर अनियंत्रित भएर सडकदेखि करिब ६० मिटर तल खोलामा खसेको बताएका छन् ।

बाँकी घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइदै छ । घाइते र मृत्यु भएका सबैलाई उद्दारको लागि काठमाडौंबाट एयर डाइनास्टिक हेलिकप्टर मगाइसकेको उनले बताए ।

साथै उद्धारमा थप बल प्रयोग गर्नको लागी सेनाको हेलिकप्टर माग्नको लागि पनि गृहमन्त्रीलार्इ पत्राचार गरिसकेको उनले बताए । अब उक्त सेनाको हेलिकप्टर पनि करिब आधा घन्टामा काठमाडौंबाट उद्धारको लागि उड्ने उने बताए ।

लोघेकर दामोदरकुण्ड गाउपालिका अन्तर्गतको कालीगण्डकी करिडोर अन्तरगत सडक स्तरबृद्धि भैरहेको स्थानमा उक्त दुर्घटना भएको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार