कार्टेलिङ्ग र सिण्डिकेट समृद्धिको वाधक : गृहमन्त्री थापा

काठमाडौं, २७ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले समृद्धिका लागि कार्टेलिङ्ग र सिण्डिकेट बाधक हुने बताएका छन् ।
गृहमन्त्री थापाले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहे मुलुकमा समृद्धि नआउने दावी गरेका छन् ।

नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रबाट परिवर्तनको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं । त्यसलाई हामी सिण्डिकेट वा कार्टेलिङ भनिन्छ । त्यसबाट सबै नेपालीलाई समृद्ध बनाउन सकिन्छ त, निश्चित रुपमा सकिदैन’ उनले भने ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी छ । त्यसमा गुणात्मक परिवर्तन देखिने आवश्यक छ ।’

सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने ठूलो निर्णय गरेको भन्दै उनले यसमा साथ दिन व्यवसायीहरुलाई आग्रह गरे । यातायात क्षेत्र मात्र नभई अरु क्षेत्रमा पनि पूरानै व्यवस्थालाई निरन्तरता दिएर देशको विकास नहुने भन्दै उनले परिवर्तन आवश्यक भएको बताएका हुन् । देशमा समृद्धि ल्याउन नागरिकले पनि आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनु पर्ने गृहमन्त्री थापाको भनाइ थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार