३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौंतर्फ ल्याइँदैछ । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।
केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै ‘म काठमाडौं जान्छु’ भन्दै अस्पतालबाट बाहिरिएका थिए ।
उनलाई लिन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगिसकेको छ । डा. केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्ट्रेचरमा राखेर नेपाली सेनाको व्यारेकमा रहेको हेलिप्याडमा ल्याइएको छ ।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार केसीलार्इ लिएर फर्किएको हेलिकोप्टर सुर्खेतमा इन्धन भरेर काठमाडौं अाउनेछ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार काठमाडौं ल्याएर केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।