क.भक्तराज कन्दङवा”नामको स्मृति ग्रन्थ एक भब्य कार्यक्रम बीच बिमोचन

पाथिभरा च्यानल – हालै किरात याक्थुङ चुम्लुङ ललितपुरमा लिम्बुवानका अथक क्रान्तिकारी योद्धा भक्तराज कन्दङवाको संझनामा “लिम्बुवान राष्ट्रका प्रेरणा क.भक्तराज कन्दङवा”नामको स्मृति ग्रन्थ एक भब्य कार्यक्रम बीच बिमोचन भयो |

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुस्प कमल दाहाल क.प्रचण्डको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुर्व एमालेका सचिव हाल नेकपा केन्द्रीय सदस्य भिम आचार्य,हरिबोल गजुरेल,राम कार्की,सुरेश आले,टंक आङबुहाङ,गोपि अछामी,सुदन किराँती,हेम भण्डारी लगायत  लिम्बुवानका प्रागिक र बौद्धिक ब्यक्तित्वहरु भवानी बराल,येहाङ लावती  भक्तराज कन्दङवाको भाई नन्द कन्दङवा  लगायतका विशेष आतिथ्यमा,विभिन्न लिम्बू जन्य थर संस्थाहरु उपस्थिमा भब्याताका साथ सम्पन्न भएको थियो | कार्यक्रममा वक्ताहरुले भक्तराज कन्दङवाको योगदानको बारेमा आ-आफ्नो धारणा राखेको थिए | “लिम्बुवान राष्ट्रका प्रेरणा क.भक्तराज कन्दङवा”नामको स्मृति ग्रन्थ पुस्तक उपस्थित मानुभावहरुले संग्रह र अध्यनको लागि खरिद गरेका थिए | उक्त पुस्तक जो कोहिले पनि अध्यन गरेमा लिम्बुवानका अथक क्रान्तिकारी योद्धा भक्तराज कन्दङवाको बारेमा धेरै कुरा थाहा पाउने छन् |

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार