शान्ति शर्माको तीज गीत `माइतीघर अाइयो नि साथी ´वजारमा

पाथिभरा च्यानल -११ साउन विगत केहि वर्ष देखि तीज गीत भनेर गाइएका कतिपय गीतहरुमा परम्परागत मौलिकपन हराएको छ।तीजको भाका माथि नै अन्य भाकाहरुले हस्तक्षेप गरेका छन्।एकातिर भाका नै फरक त्यहि माथि महिला र पुरुषको उत्ताउला दोहोरी र नग्न शहरीकरणको नाममा गरिने त्यस्तै हाउभाउका भिडियोको कारणले मौलिक संस्कृति माथि नै प्रश्न चिन्ह जागेको छ।पहिला पहिला अलिकति भाका सुन्ने वित्तिकै यो तीजको गीत रहेछ भनेर साधारण श्रोताले पनि सहजै अनुमान गर्न सक्थे तर अहिले भने भिडियोमा लेखिएको क्याप्सनको अाधारमा यो त तीज गीत पो रहेछ भन्नुपर्ने वाध्यता छ।

यसै शिलशिलामा गजलकार शान्ति शर्माको शव्द/स्वरमा र चर्चित गीतकार/संगीतकार राजकुमार वगरको अत्यन्तै मौलिक लयमा तीज गीत `माइतीघर अाइयो नि साथी´ को भिडियो सार्वजनिक भएको छ।वर्ल्ड कभर मिडियाको प्रस्तुति रहेको सो भिडियोमा रामसिंह भाटको छायाङ्कन, बिरेन्द्र भाट विपिन को सम्पादन र रोहित वस्नेतको निर्देशन रहेको छ।

भिडियो हेर्नुहोस 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार