५ लाखसम्म डिमाण्ड गर्छिन् आँचल

नायक पल शाहविना चलचित्रमा नै नदेखिएकी नायिका आँचल शर्माले पहिलो पटक ‘ब्ल्याक’ नामक चलचित्रमा आकाश श्रेष्ठलाई जोडी बनाएकी छिन् । आँचललाई पलविना चलचित्र खेलाउन अप्ठ्यारो छ भन्ने चर्चा पनि चलचित्र बजारमा सुनिन्छ । तर, आँचल र पलले यो कुराको खण्डन गरिसकेका छन् । आँचलले अब सोलो नायिकाको रुपमा मात्र चलचित्र खेल्ने बताइसकेकी छिन् ।

म्यूजिक भिडियोमा आँचलको जुन खालको क्रेज छ, त्यो चलचित्रमा बन्न सकेको छैन । उनले, चलचित्रका लागि अझै पनि मिहिनेत गर्नुपर्ने देखिन्छ ।

तर, म्यूजिक भिडियोमा समेत महंगो पारिश्रमिक लिएर काम गर्दै आएकी आँचलले चलचित्रमा पनि महंगो पारिश्रमिक डिमाण्ड गर्न थालेकी छिन् ।

छायांकनमा जान लागेको एक चलचित्रका लागि नायिका आँचल शर्मालाई अफर गरिएको थियो । तर, उनले ५ लाख डिमाण्ड गरिदिइन् । निर्माणपक्ष र आँचलविच कुरा हुँदै जाँदा उनी साढे ३ लाख भन्दा तल झरिनन् ।

आँचललाई साढे ३ लाख दिन सो चलचित्रको निर्माणपक्ष तयार भएन । यसैले, यो चलचित्रमा अर्की नायिका राखिएको छ । आँचलको यो डिमाण्ड पुरा गर्न के अन्य निर्माता तयार होलान् त ? चलचित्र ‘ब्ल्याक’को रिलिजपछि आँचलको यो डिमाण्ड तलमाथि हुने कुरामा दुइमत छैन ।

भिडियो हेर्नुहोस 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार