काठमाडौं १८ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानुमन्त्रीमा नियुक्त गरेको हो ।
शेरबहादुर तामाङले बङगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको विषयमा तथ्यहिन अभिव्यक्ति दिएपछि विवादमा परेर तामाङले कानुमन्त्रीबाट राजीनामा दिएका थिए । उक्त रिक्त रहेको पदमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ढकाललाई नियुक्त गरेको हो ।