कविता बनिन् बुगी बुगिको डान्सिङ सुपरस्टार,

एपी वान टेलिभिजनबाट प्रशारित डान्सिङ रियालिटी शो ‘बुगी वुगी’ को उपाधि सर्लाहीकी कविता नेपालीले जितेकी छन् । तीन अन्तिम प्रतिस्पर्धीमाझ शनिबार बेलुकी भएको ग्रान्ड फिनालेमा दर्शकको भोटका आधारमा उनी विजेता बनेकी हुन् ।

१८ बर्षिया कविताले २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतिस्पर्धामा प्रगति पुनले फर्स्ट रनरअप बन्दै ६ लाख जितिन् भने सरोज मोक्ताले सेकेन्ड रनरअप बनेर ४ लाख जितेका छन् ।

प्रख्यात अन्तराष्ट्रिय फ्रेन्चाइज ‘बुगी वुगी’ पहिलोपटक एपी वानले नेपालमा भित्र्याएको हो । भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपी वानले नेपालमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोहरु आयोजना गरिरहेको छ ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । उनीहरुमध्ये एक सय ५० जनालाई दोस्रो राउन्डका लागि काटमाडौं बोलाइएको थियो । दोस्रो राउन्डबाट १८ जना प्रतियोगी छानिएका थिए ।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा नृत्य निर्देशक कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की थिए । बुद्धनगरस्थित एपी वान टेलिभिजनको स्टुडियोमा आयोजित ग्राान्ड फिनालेमा कविराज र प्रियंकाले पनि निृत्य प्रस्तुत गरेका थिए ।

को हुन् कविता ?
सानैदेखि नृत्यमा सौख भएकी कविता नेपाली हाल ललितपुरको पाटनमा बस्छिन् उनी शान्ति विद्याश्रम ललितपुरमा कक्षा ११ मा अध्ययन गर्दैछिन् ।

ज्यामी काम गरेर परिवारले कवितालाई पठाएका हुन् । मार्सल आर्ट्सकी खेलाडीसमेत रहेकी कविता पढाईमा पनि अब्बल छिन् ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार