लिम्बु भाषाको चलचित्र ,साम, आत्माको छायांकन समाप्त

 पाथिभरा च्यानल -लिम्बु भाषाको चलचित्र साम आत्माको छायांकन हालै समाप्त भएको छ | माता पाथिभरा फिल्मस, लिवाङ फिल्मस, र द हाइलण्ड आर्टको को संयुक्त

प्रस्तुति रहेको चलचित्रको निर्देशन हालको ब्यस्त निर्देशक किशोर सुब्बाले गरेको हुन् | सागर केरुङको को लेखन रहेको सामका कलाकारहरुमा
पुस्पा लिम्बू,रुकमान लिम्बू,हस्त लिवाङ,कल्पना योङहाङ ,उदय सुब्बा,केदार श्रेष्ठ,बिमू थेगिम,चन्द्र लिम्बू,काउ प्रसाद मगर,देउमान केरुङ ,धुर्ब पोख्रेल,
रक्ष कुमार राई,रबि कुमार गुरुङ आदिको अभिनय रहेको छ | लिम्बु भाषाको संरक्षण र उत्थान अनि प्रचार प्रसार गर्ने उदेश्यले जिबन्त मौलिक लिम्बु
संस्कृतिमा लिम्बु भाषाको चलचित्र साम निर्माण भएको निर्देशक किशोर सुब्बाले पाथीभरा च्यानल लाइ बताउनु भयो |

कल्पना योङहाङको भेसभुषा रहेको
उक्त चलचित्रमा कुमार बखती को छॉयांकन् मन्दिल श्रेष्ठको सम्पादन,रिसछैन राई को कला,समिर मियाको भि एफ एक्स / एनिमेसन उमेश पाण्डेको
शृङ्गार अनि राजु घिमिरेले मुख्य सहाक निर्देशन गरेका छन् |

हाल सम्पादन कार्य धमाधम भइरहेको चलचित्र साम केहि अवार्डमा सहभागी पनि हुने
निश्चित भएको छ | नेपाल लगायत बिभिन्न देशहरुमा मा पनि लिम्बु भाषाको चलचित्र साम आत्माको च्यारिटी शो हुने कुरा निर्माता हस्त लिवाङले
बताउनु भयो

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार