कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जुवा खेल्नेलाई ३ वर्ष जेल, बाजी थाप्नेलाई एक वर्ष

२७ साउन, काठमाडौं । आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुन सक्छ ।

मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ ।

जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ ।

अहिलेसम्म जुवा खेल्नेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको छ । तर, यसमा ज्यादै न्यून सजायको व्यवस्था छ । विद्यमान ऐनमा पहिलोपटक जुवा खेल्नेलाई २ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनासम्म कैद र तेस्रो पटक पनि खेलेमा एक वर्षसम्म कैदको व्यवस्था जुवा ऐनमा गरिएको छ ।

त्यस्तै जुवा खेल्नेलाई ठाउँ उपलब्ध गराउनेलाई पहिलो पटक ३ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनादेखि ९ महिनासम्म कैदको व्यवस्था पुरानो कानूनमा गरिएको छ ।

बाजी राख्नेलाई १ वर्षसम्म कैद

कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था गरिएको छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ ।

तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन । सरकारी अनुमति लिएर चिठ्ठा सञ्चालन गरे पनि काुनन लाग्ने छैन । सरकरको अनुमति विना चिठ्ठा कटाउन पाइने छैन ।

भिडियो हेर्नुहोस 

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……

Most Recent