राैतहटमा डुंगा दुर्घटना : दुईकाे शव भेट्टियाे, ५ अझै बेपत्ता
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
आइतवार, भदौ १०, २०७५
| August 26th, 2018 ब्रेकिंग न्युज, मुख्य समाचार, समाचार
रौतहट — रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् ।
रौतहटको टीकुलिया घाटमा शनिबार दुर्घटना भएकाे डुङ्गा बाहिर निकाल्ने प्रयासमा उद्धारकर्मी । तस्बिर : शिव पुरी / कान्तिपुर
औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शवभारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ।
उक्त घटनामा २४ जना पौडिएर बाच्न सफल भएकाछन्। उनीहरु स्थानीय प्रशासनको सम्पर्कमा आइसकेका छन्। खेतीबाट काम गरेर फर्किदै गर्दा पुलको पिलरमा ठाेक्किएर डुङ्गा डुबेको थियो।
अाइतबार बिहान १० बजेसम्म हराइरहेका ५ जना बारेजानकारी नअाएकाे र खाेजी जारी रहेकाेप्रमुख जिल्ला आधिकारी गोविन्दप्रसाद रिजालले बताए।उनीहरुकाेखोजीमा भारतीय सीमा सुरक्षा बलको टोली समेत खटिएकाे छ। अहिले दुर्घटनाग्रस्त डुङ्गा बाहिर निकाल्ने प्रयास भइरहेको छ।