कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पूर्व राजा ज्ञानेन्द्रपछि अब पारस पनि राजनीतिमा, यसकारण भेटे राप्रपा नेताहरुलाई

काठमाडौं, १४ भदौं । कर्मकाण्डमा सक्रिय रहँदै आएका पूर्व युवराज पारस साह राजनीतिमा सक्रिय हुन थालेका छन् ।

पूर्व युवराज पारस शाह । तस्विर : गुगल
बुबा ज्ञानेन्द्र शाहको एक्लो प्रयास मात्र कामयावी नदेखेपछि पारस पनि राजनीतिक भेटघाटमा सक्रिय हुन थालेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत पहिलो साता झापामा बोलाएर तीन वटै राप्रपाका युवा नेताहरुलाई भेटेको झण्डै ६ महिनापछि पूर्व युवराज पारस शाहले पनि काठमाडौमा तीनै पार्टीका नेताहरुलाई गोप्य रुपमा भेटेका छन् । पूर्व युवराज पारसले बुधबार कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका नेताहरुलाई काठमाडौको नक्सालस्थित एक होटलमा भेटेका छन् ।

झण्डै चाढे चार घण्टा उनीहरुबीच भेटबार्ता भएको हो । दिउँसो १२ बजेदेखि भएको सो भेटघाटमा पूर्व युवराज पारसले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तया बालबालिकामाथि हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उक्त भेटमा कमल थापा नेतृत्को राप्रपाका जयन्त चन्द, भुवन पाठक लगायतका युवा नेता सहभागि भएका थिए । त्यसैगरी राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजेन्द्र गुरुङ, सुरेश आचार्य, रविन्द्रप्रताप शाह, विराज भट्ट र सगुनसुन्दर लावती सहभागी थिए । यस्तै एराप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, शुष्मा आचार्य केशव श्रेष्ठ सहभागी भएको स्रोतले जानकारी दिएको छ ।

पारसको भेटघाटमा सहभागीहरु
त्यसक्रममा पारसले तीन वटै राप्रपा एकीकरणमा भइरहेको ढिलाईबारे पनि नेताहरुसँग चासो व्यक्त गरेका थिए । ‘सबै युवाहरु एक हुनुपर्छ, राष्ट्रवादी शक्ति बलियो बनाउनुपर्छ, राप्रपाहरुको एकता हुने सुनेको थिए अहिले के भइरहेको छ ? ’ पूर्व युवराज पारसले जिज्ञासा राखेका थिए । पारससँगको भेटमा कतिपय नेताहरुले पूर्व युवराज पारसलाई सामाजिक अभियान चलाउन सुझाव दिएका थिए । तर, जवाफमा पारसले कुनै प्रतिक्रिया दिएनन् । उनले टाउको हल्लाएर मौन समर्थन मात्रै जनाएका थिए ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार