केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न : अध्यक्ष दाहाल

सिन्धुली — नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंको हिलो र धुलो निमिट्यान्न पार्ने बताएका छन् ।

सिन्धुलीको मरिण गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने मरिणखोलामा निर्माण सम्पन्न भएको पक्की पुलको बुधबार उद्घाटन गर्दै अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विकास निर्माणका विषयमा छलफल भैरहेकाले अब विकास निर्माणका कामले गती लिने दाबी गरे । अब विकासमा छलाङ हान्ने बेला भएको भन्दै अध्यक्ष दाहालले रोजगारीका अवसर सिर्जना गरी मुलकलाइ समृद्ध बनाउने बताए ।

सरकार बनेको ६ महिना बढी बित्दा पनि जनतामा कामै नगरेको जस्तो देखाउन प्रतिक्रियावादी षड्यन्त्रकारीहरु लागि परेको अध्यक्ष दाहालको भनाइ थियो । निर्माण सम्पन्न गर्ने अवधिभन्दा डेढ वर्ष अघि नै पुल उद्घाटन गर्न पाउँदा हर्षित भएको भन्दै अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्नेलाइ सबक मिलेको बताए ।

राम्रो काम गर्नेलाइ पुरस्कृत र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको अब थालनी भएको उनले घोषणा गरे । चारसय मीटर लामो पुल समयावधी अघि नै निर्माण सम्पन्न गर्ने कालिका, तुन्डी, रसुवा जेभीलाई मन्त्रालयमै बोलाएर पुरस्कृत गर्ने अध्यक्ष दाहालले जनाए ।

प्रधानमन्त्री भएको समयमा पुलको शिलान्याश गर्दा नै अध्यक्ष दाहालले समयअघि निर्माण सम्पन्न गरे निर्माण कम्पनीलाइ पुरस्कृत गर्ने घोषणा गरेका थिए ।

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार