निर्मला हत्या प्रकरणः प्रतिवेदन तयार पार्दै छानबिन समिति

गोलीकाण्डपछि सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सीआईबीका वरिष्ठ उपरीक्षक पनि कञ्चनपुरमा

प्रारम्भमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डिएसपी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको भएपनि स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वको प्रहरी टोली कञ्चनपुरमा छ ।

सीअार्इबीकै एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा डिएसपी कमल थापा र दुई जुनियर प्रहरी अधिकृतसहित गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरसँगको समन्वयमा घटनाको सुक्ष्म अध्ययन, विश्लेषण र अनुसन्धान थालेको छ ।

यसअघिको अनुसन्धानमाथि प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले सीआईबीका वरिष्ठ अधिकृतलाई त्यहाँ पठाएको जनाइएको छ ।

‘हाम्रो टोलीले त्यहाँ आवश्यक सहयोग गर्ने काम थालिसकेको छ’, सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) नारायणसिंह खड्काले अनलाइनखबरसँग भने, ‘विशेष गरी त्यहाँ रहेको टोलीलाई प्राविधिक सहयोग प्रदान गर्ने उद्दश्यले टोली त्यहाँ गएको हो ।’

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुबेर कडायत घटनाको अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिने काम भइरहेको बताउँछन् । उनले घटनाको गम्भीरतापूर्वक लिएको नयाँ शिराबाट अनुसन्धान भइरहेको दाबी गरेका छन् ।

कञ्चनपुर प्रहरीका एक अधिकारी भने नयाँ टोलीले गरेको अनुसन्धानले पनि दिलिपसिंह विष्टतर्फ नै संकेत गरेको बताउँछन् ।

यसैबीच, प्रहरी सार्वजनिक गरेको विष्टलाई उपचार र डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएको छ । डीएनए रिपोर्ट आएपछि निर्मला हत्या प्रकरणको रहस्य खुल्ने प्रहरीको विश्वास छ ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार