प्रचण्ड पत्नी र छोरीसहित भारत जाँदै, मोदीसँग राजनीतिक भेटघाट

काठमाडौं, २१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भ्रमणका भारत जाँदैछन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रचण्डसँगै पत्नी सीता दाहाल, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा पनि भारत जाने सापकोटाले जानकारी दिएका छन् । प्रचण्ड बिहीबार दिउँसो ३ बजे एयर डण्डियाको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

नेपाली दूतावासले बिहीबार साँझ प्रचण्डलाई स्वागत गर्ने राखेको छ । उनी भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए) को कार्यक्रममा भाग लिन भारत जान लागेका हुन् । शुक्रबार उनले आइसिडब्लुएको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट गर्नेछन् । ‘भारतीय प्रधानमन्त्री मोदीसँग पनि राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ’, प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले भने, ‘समसामयिक विषयमा अन्य महत्वपूर्ण राजनीतिक भेटवार्ता हुनेछन् |

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार