लिम्बु भाषाको चलचित्र साम,आत्माको भाद्र २९ गते भब्य प्रिमियर शो हुदै

हालका ब्यस्त निर्देशक किशोर सुब्बा दारा निर्देशित लिम्बु भाषाको चलचित्र साम आत्माको यही भाद्र २९ गते सुक्रवार पुष्पाञ्जली हल कोटेश्वरमा भब्य प्रिमियर
शो हुदै छ | चलचित्रको सुटिङ सकेको करिब एक महिना पछी साम को प्रदशन हुन् लागेको हो | सम्भवत लिम्बु भाषाको चलचित्र इतिहासमा मा सबै भन्दा चाडो
सार्वजनिक प्रदशन हुनेमा यो चलचित्रले रेकर्ड राखेको छ |
माता पाथिभरा फिल्मस् प्रा. लि., लिवाङ फिल्मस् प्रोडक्सन प्रा. लि. र द हाईल्यान्ड आर्टको संयुक्त आयोजनामा यो चलचित्र नेपालका बिभिन्न हलहरुमा


क्रमश प्रदर्शन हुनेभएको छ । लिम्बू भाषा कला र संस्कृतिको उत्थान साथै प्रचारप्रसार गर्ने उदेश्यले यस चलचित्रलाई लिम्बू जान घनत्व भएको ठाउहरुमा
प्रदर्शन गर्न लागिएको छ । ताप्लेजुङ फुङलिङ, पाचथर फिदिम, छाब्दि बराही हल ईलाम बजार , बिर्तामोड, दमक, पथरी, लेटाङ, बेलबारी,
धरान, धनकुटा र तेर्हथुममा क्रमस प्रदर्शन हुनेछ । तिहार पछि सिक्किम, दार्जिलिङ, आसाम लगायतका
हङ्कङ, मलेसिया, , युके, अमेरिकामा समेत प्रर्दशन हुने कुरा चलचित्र निर्देशक किशोर सुबाले पाथिभरा च्यानल लाई बताउनुभयो।

सागर केरुङको लेखन रहेको यस चलचित्रमा पुस्पा लिम्बू, रुकमान लिम्बू,
हस्त लिवाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, बिमू थेगिम, चन्द्र लिम्बू, काउ प्रसाद मगर, देउमान केरुङ, धुर्ब पोख्रेल, रक्ष कुमार राई,
रबि कुमार गुरुङ आदिको अभिनय रहेको छ ।

कल्पना योङहाङको भेसभुषा रहेको उक्त चलचित्रमा कुमार बखतीको छॉयांकन् मन्दिल श्रेष्ठको सम्पादन, रिसछैन राई को कला, समिर मियाको भि
एफ एक्स र एनिमेसन, उमेश पाण्डेको शृङ्गार अनि राजु घिमिरेले मुख्य सहाक निर्देशन रहेको छ ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार