अष्ट्रेलियाका किलनसँग सुस्मिताले गरिन् इन्गेजमेन्ट

भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एकल जीवन बिताइरहेकी सुष्मिता केसीले हालै आफ्नो इस्न्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गरिन् । उनले यी व्यक्ति आफ्नो श्रीमान भएको बताएकी छन् ।
उनले क्याप्सनमा लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको छ ।’

सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामिसँग इन्गेजमेन्ट गरेकी हुन् । पारिवारिक सहमतीमै आफूले इन्गेजमेन्ट गरेको सुस्मिताले बताएकी छिन् । नायक अनमोल केसीकै सहमतीमा यो इन्गेजमेन्ट गरिएको वुझिएको छ । सन् २०१९ को भ्यालेन्टाइनको दिनमा उनले फिजीमा नै बिहे गर्नेछिन् । किलन ग्यासका धनाढ्य व्यापारी हुन् ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार