सुन तस्करी मुद्दा : एसपी खनाल साधारण तारेखमा रिहा

न्यायाधीशहरु नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनलाई साधारण तारेखमा छाड्न मंगलबार आदेश दिएको हो।

मोरङ जिल्ला अदालतले यसअघि खनालसहितका अभियुक्तलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। यो आदेशमा चित्त नबुझेपछि कानुन व्यवसायीमार्फत् खनालले उच्च अदालतमा निवेदन दिएका थिए।
यसअघि यही मुद्दाका अभियुक्तहरु एसएसपी दिवेश लोहनी, डिएसपी प्रजीत केसीलाई उच्च अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent