निर्मलाको न्यायको लागि फेरी प्रर्दशन : सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ ?

काठमाडौँ, १३ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन भएको छ । पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै शनिबार माइतीघरमा स्वतस्फूर्त रुपमा प्रदर्शन भएको हो ।

उनीहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । घटनाको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाए ।

प्रर्दशनमा गृहमन्त्री र सरकारविरुद्ध चर्को नाराबाजी समेत गरे । प्रर्दशनकारीले निर्मलाहरुलाई न्याय देउ, सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, बलात्कारी किन लुकाउँदै ? लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए ।

यस्तै ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए ।
निर्मलाको न्यायका लागि यसअघि पनि पटक–पटक राजधानीमा प्रर्दशन भइसकेको छ । भने कन्चनपुरको सन्नी खुन्नाको मृत्यु समेत भयो भने दजनौँ घाइते भए ।

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent