कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!
नानाको पक्ष लिँदै राखीले भनिन्ः तनुश्री ड्रग्स खाएर बेहोस थिइन्
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
आइतवार, अशोज १४, २०७५
| September 30th, 2018 ग्लामर न्युज, समाचार
बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्तको अभिव्यक्तिलाई कसैले गम्भीरताका साथ लिँदैन । तर, यस प्रकरणमा उनको अभिव्यक्ति अर्थपूर्ण छ ।
प्रसंग हो, अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरले गरेको यौन दुव्र्यवहार । १० वर्ष अगाडि फिल्म ‘हर्न ओके प्लीज’ को सुटि्रका क्रममा भएको यो घटना अहिले व्यापक चर्चामा छ । नानाले एउटा आइटम गीतको सुटिङका क्रममा आफूमाथि यौन दुव्र्यवहार गरेको
आरोप लगाउँदै तनुश्रीले उक्त फिल्म छाडेकी थिइन् । तनुश्रीले छाडेपछि सो गीतमा तत्काल राखी सावन्तलाई लिइएको थियो ।
यस घटनामाथि पहिलोपटक राखीले मुख खोलेकी छन् । र, सँधै झैं यसमा पनि उनको अभिव्यक्ति उटपट्याङ नै छ । उनले तनुश्रीलाई नाना पाटेकरले दुव्र्यवहार गरेको नभई उनी आफैं ड्रग्स खाएर बेहोस भएको दावी गरिन् । राखीले पेश गरेको घटना विवरण यस्तो छ:
‘तनुश्रीले फिल्मको गीत सुटिङ गर्दागर्दै बीचमै छोडेकी रहिछन् । त्यसलगत्तै मलाई गणेश आचार्य (कोरियोग्राफर) को फोन आयो । उहाँले मलाई तुरुन्त गीतको सुटिङका लागि सेटमा आउन भन्नुभयो । म छक्क परेँ । एक छिनमा नाना पाटेकरको फोन आयो । उहाँले पनि त्यसै भन्नुभयो । त्यसपछि म गइहालेँ ।
सुटिङ स्पटमा जाँदा हल्लाखल्ला थियो । तनुश्री आफ्नो भ्यानिटी भ्यानभित्र घन्टौंदेखि ढोका थुनेर बसेकी रहिछन् । धेरै जनाले पटक-पटक आग्रह गर्दा पनि उनी आउन मानेकी थिइनन् । त्यसपछि मैले पनि उनलाई बोलाउने प्रयास गरेँ, तर उनले ढोका खोलिनन् । पछि बुझ्दाखेरी थाहा भयो, उनी त ड्रग्स खाएर भेनिटी भ्यानभित्र बेहोस भएर लडिरहेकी थिइन् ।
मलाई नानाले यति खर्च गरेर सेट लगाएको छ, सुटिङ हुन सकेन भने बर्बाद हुन्छ भनेर सम्झाउनुभयो । त्यसपछि म तयार भएँ । सबैजना खुशी हुनुभयो र मलाई धन्यवाद दिनुभयो ।
अहिले तनुश्रीले नानाथरी कुरा गरिरहेकी छन्, जुन उनको चर्चामा आउने मेलो मात्र हो । म नाना पाटेकरको साथमा छु र सँधै रहनेछु ।