कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

निरुताले ‘लभ स्टेशन’बाट हात झिकिन्, कारण यस्तो

मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हुन् ।

गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो । नायिका निरुता सिंह र नायक उत्तम प्रधानको जोडीलाई फेरि एकपटक पर्दामा ल्याउने तयारी निर्देशक घिमिरेको थियो । तर, निरुताले भने अन्तिम समयमा आएर चलचित्रमा काम नगर्ने जानकारी दिएकी हुन् । निरुताले अनलाइनखबरसँग भनिन्-‘मलाई लभ स्टेशनमा काम गर्न खुबै मन थियो । तर, अहिले मेरो बुबा बिरामी भएर मुम्बइमा नै उपचार भैरहेको छ । यसैले, मेरा लागि पहिलो प्राथमिकता मेरो बुबा हुनुहुन्छ ।’

निरुताले मंसिर १ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘दाल भात तरकारी’मा भने काम गर्दैछिन् । चलचित्र ‘नाई नभन्नु ल ५’मा काम गरेपछि निरुताको डिमाण्ड चरित्र अभिनेत्रीमा खुबै बढेको छ । यो चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार