वामदेवलाई सांसद बनाउन रामवीरको राजीनामा घोषणा

काठमाडौं, २३ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमलाई संसद बन्ने बाटो खुला गर्दै काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामबीर मानन्धरले राजीनामा घोषणा गरेका छन् ।

मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमलाई संसदमा छिर्ने लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया–१ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ ।

मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताएका छन् ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार