कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नयाँ नोट छाप्दा ७९ करोड खर्च

नेपाल राष्ट्र बैंकले यस वर्ष दशैं अघिसम्म मात्रै ६२ करोड रुपैयाँ भन्दा बढी खर्च गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट छपाइ गरेको छ ।


राष्ट्र बैंकले ठूलो रकम खर्च गरेर आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैयमासमा ४६ करोड ५५ लाख प्रति नयाँ नोट छपाई गरेको हो । राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ करोड प्रति बढी नोट छापेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा ४१ करोड ५४ लाख प्रति विभिन्न दरका नयाँ नोट छापिएको राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा ५ रुपैयाँ दरका ९ करोड ४२ लाख ५० हजार थान, १० रुपैयाँको ९ करोड ७२ लाख थान, २० रुपैयाँको ६ करोड ९६ लाख ५० हजार थान, ५० रुपैयाँ दरका १० करोड १५ लाख थान र १ सय रुपैयाँ दरका ३ करोड ८३ लाख थान नयाँ नोट छापिएको छ ।
यसैगरी ५ सय रुपैयाँ दरका २ करोड ८९ लाख ५० हजार थान र १ हजार रुपैयाँ दरका ३ करोड ५६ लाख थान नयाँ नोट छापिएका छन् ।

७९ करोड खर्चिएर नयाँ नोट
चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा राष्ट्र बैंकले ६१ अर्ब ८१ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न दरका नयाँ नोट छपाइ गरेको छ । जसमा ५० अर्ब ७ करोड ५० लाख रुपैयाँको भुक्तानी भएको छ भने दशैंका बेला मात्रै ११ अर्ब ७४ करोड ३७ लाख रुपैयाँको नयाँ नोट सटही गरेको छ ।
राष्ट्र बैंकले यति परिमाणमा नयाँ नोट छाप्दा खर्च पनि ठूलै भएको छ । यति नोट छाप्दा करिब ७९ करोड रुपैयाँ राज्यको ढुकुटीको रकम खर्च भएको छ । यस अवधिमा ७८ करोड ९० लाख २८ हजार ७ सय ८१ रुपैयाँ नयाँ नोट छाप्दा मात्रै खर्च भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले दशैंका लागि भन्दै ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नयाँ नोट सटही सुविधा प्रदान गर्यो । वितरण गरिएका यि दरका नोटका लागि मात्रै राज्यको ६२ करोड २८ लाख ६६ हजार ३ सय २२ रुपैयाँ खर्च बेहोरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ६५ अर्ब ४२ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न दरका नयाँ नोट छपाइ गर्दा राष्ट्र बैंकले ७२ करोड ११ लाख ७५ हजार ७५ रुपैयाँ खर्च बेहोर्नुपरेको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार