कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!
दुश्मनी बिर्सदै करिना र प्रियंकाबीच मेलमिलाप
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
सोमवार, कार्तिक १२, २०७५
| October 29th, 2018 ग्लामर न्युज, समाचार
बलिउड नायिकाद्वय करिना कपुर र प्रियंका चोपडाको सम्वन्ध पटक्कै मिठासपूर्ण थिएन । उनीहरुले मौका पायो कि एक-अर्कालाई घोचपेच गरिहाल्थे । तर, एकाएक अहिले उनीहरुबीच मेलमिलाप देखिएको छ ।
यी दुईको सम्वन्धमा तितोपना आउनुको कारण भने शाहिद कपुर हुन् । पहिले शाहिद र करिनाबीच गहिरो प्रेम थियो । तर, आफूलाई धोका दिएर शाहिद प्रियंकातिर सल्किएपछि प्रियंका आगो भइन् । त्यसले करिना र प्रियंकाको सम्वन्धमा पनि दरार पैदा गर्यो ।
धेरै वर्ष अगाडि करिना र प्रियंकाले अब्बास मस्तानको फिल्म ‘ऐतराज’ मा सँगै काम गरेका थिए । सो फिल्ममा प्रियंकाको रोल शक्तिशाली थियो । फिल्म हिट हुँदा सबै जस उनैले लुटिन् । यसले गर्दा करिनामा प्रियंकाप्रति जलन पैदा भयो ।
विभिन्न अन्तरवार्ताहरुमा करिना र प्रियंकाले एक-अर्कालाई छेडछाड गरेका छन् । करण जोहरको च्याट शो ‘कफी विथ करण’ मा आउँदा करिनाले प्रियंकाको बारेमा भनेकी थिइन्, ‘उसको बोल्ने स्टाइल देख्दा मलाई उदेक लाग्छ ।’
त्यसको जवाफ दिँदै प्रियंकाले एक अन्तरवार्तामा भनिन्, ‘मलाई करिनाको सबै कुरा देख्दा उदेक लाग्छ ।’ यस्तै एक अन्तरवार्तामा प्रियंकालाई सोधिएको थियो, ‘यदि तपाईंलाई शाहरुख खान र करिना कपुरको कम्प्युटरबाट केही चोर्नुपर्यो भने के चोर्नुहुन्छ ?’
त्यसको जवाफमा प्रियंकाले भनेकी थिइन्, ‘करिना कम्प्युटर चलाउँछिन् होला र ?’ यसरी एक-अर्कालाई उडाउने उनीहरु ‘कफी विथ करण’ मा एकसाथ आउन तयार भएका छन् । यसबाट पनि उनीहरुको सम्वन्ध अहिले सुमधुर रहेको देखिन्छ । उक्त अन्तरवार्तामा यसको रहस्य उनीहरुले पक्कै खोल्लान् ।