दीपिका र दिवाकरको शैलीः पहिले प्रेम लुकाउने, अब खुलेरै देखाउने

नायिका दीपिका प्रसाँइले आफ्ना प्रेमी दिवाकर भट्टराइसँग प्रेम गरेको ४ बर्षपछि मात्र यो सम्बन्धलाई स्विकार गरिन् । निर्देशक भट्टराई र नायिका प्रसाँइले कोर्ट म्यारिजपछि इन्गेजमेन्ट पनि गरिसकेका छन् ।

यी दुइले ४ बर्षसम्म प्रेम लुकाउन खोजेपनि सकेका थिएनन् । मिडियामा प्रेमको समाचार आएपछि दुबैले मिडियालाई नै गाली गर्दै खण्डन गरेका थिए ।

तर, शनिबार थाइल्याण्ड उड्नु अगाडि यी दुइले प्रेम, इन्गेजमेन्ट र कोर्ट म्यारिजको कुरा खुलाए । यसको पछाडि एउटा कारण पनि थियो । दुइलाई थाइल्याण्डमा पुगेर खुलेरै प्रेम व्यक्त गर्न सजिलो भयो ।

अहिले यी दुई थाइल्याण्ड टुरमा छन् । यी दुइले कामको सिलसिलामा थाइल्याण्ड पुगेका बताएका छन् । तर, दुइको तस्बिर हेर्दा त्यस्तो लाग्दैन ।

दीपिकाले सार्वजनिक गरेको एक तस्बिरमा यी दुइले एक अर्कालाई चुम्बन गरेका छन् । केही दिन अगाडि दिवाकरले दीपिकासँग रोमान्टिक मुड भन्दै क्याफेको तस्बिर शेयर गरेका थिए ।

पहिले लुकाउने तर देखाएपछि खुलेरै किन नदेखाउने भन्ने शैलीमा यी दुई देखिएका छन् ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार