कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गौचन हत्या प्रकरणः गुन्डा नाइके समिरमानकी श्रीमती पक्राउ

१८ कात्तिक, काठमाडौं । प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले अनलाइनखबरलार्इ बताए ।

यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी हत्या गरिएका शरद गौचनको घटनामा उनको पनि संलग्नता देखिएको प्रहरीको दाबी छ ।

समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो । यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार