कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

दीपिकालाई इन्गेजमेन्टको असरः पक्का भएको फिल्म छाड्नुपर्‍यो

नायक वा नायिका बिहे गरेपछि हराउँछन् या निर्माताले पत्याउँदैनन् भन्ने चर्चा ग्ल्यामर दुनियाँमा खुबै हुन्छ । यो उदाहरण धेरै कलाकारमा लागू भएको पनि पाइन्छ । कतिपय भने बिहे गरेपछि झनै चम्किएका छन् ।

दशैंको टिका लगतै प्रेमी दिवाकर भट्टराइसँगै इन्गेजमेन्ट गरेरे थाइल्याण्डमा रमाइरहेकी नायिका दीपिका प्रसाँइलाई चलचित्रको दुनियाँमा भने इन्गेजमेन्टले असर गरेको छ ।

केही हप्ता अगाडि निर्मात्री पूनम गौतमले बनाउन लागेको नयाँ चलचित्रमा दीपिकाले काम गर्ने पक्का भएको खबर सार्वजनिक भएको थियो । दीपिकाले पनि अनलाइनका समाचारमा धन्यवाद दिन भ्याएकी थिइन् । तर, उनले कागजी संझौता भने गरेकी थिइनन् ।

दीपिका यो चलचित्रमा काम गर्न उत्साहित रहेको समयमा निर्मात्री पूनम गौतमले भने अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गरेकी छिन् । पूनमले चलचित्रमा दीपिका नहुने बताएकी छिन् ।

कोर्ट म्यारिजपछि इन्गेजमेन्ट गरेकी दीपिकालाई पूनमको चलचित्रबाट बाहिरिनुपर्दा झट्का लागेको छ । कतै, उनी प्रेमको दुनियाँमा रमाइरहँदा चलचित्रको करिअर भने धरापमा पर्ने त होइन ?

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent