कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!
मलाइका र अर्जुन बिहे गर्दै ?
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
बुधबार, कार्तिक २१, २०७५
| November 7th, 2018 ग्लामर न्युज, समाचार
नायक अरबाज खानसँग अलग भएपछि केही समयसम्म एक्लै हिड्ने गरेकी बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा खान अहिले भने आफ्नो प्रेमी अर्जुन कपुरको साथमा खुलेयाम डेटिङमा मस्त छिन् । अर्जुन र मलाइकाको प्रेम चर्चा सुरु भएसँगै अब बिहेको पनि चर्चा हुन थालेको छ । यो लभ जोडीले सन् २०१९ को अप्रिलमा बिहे गर्न लागेको भारतीय मिडियामा उल्लेख छ ।
यो जोडीले भने अहिले नै यो बिषयमा केही पनि भनेको छैन । तर, उनीहरु बिहेको तयारीमा लागेको उनीहरुको पछिल्लो गतिविधीले पनि देखाउँछ । कुनै समय प्रेमको बिषयमा नै खुलेर नबोलेको यो जोडी अहिले भने खुलेरै प्रेम व्यक्त गर्न थालेका छन् । मलाइका अरोरासँग प्रेम रहेको खबर आएपछि अर्जुनसँग नायक सलमान खान आक्रोशित बनेका छन् ।