कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!
बिहेका लागि इटाली पुगे दीपिका र रणवीर
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
आइतवार, कार्तिक २५, २०७५
| November 11th, 2018 ग्लामर न्युज, समाचार
बलिउडको चर्चित प्रेम जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले वुधबार र बिहिबार बिहे गर्दैछन् । नोभेम्बर १४ र १५ तारिखमा हुने बिहेका लागि यो जोडी परिवारसहित इटाली उडेको छ । उनीहरुले इटालीमा बिहे गर्ने निर्णय गरेका हुन् । पछिल्लो समयमा बलिउडका चर्चित जोडीले बिहेका लागि इटालीलाई रोज्ने गरेका छन् ।
मुम्बई एयरपोर्टमा यो जोडीले मिडियालाई कुनै प्रतिक्रिया भने दिएन । रणवीरले भने एयरपोर्टमा ‘डोली सजा के रखना’ बोलको गीत गाएका थिए । यो जोडीले इटालीमा बिहे गरेपछि मुम्बइमा भव्य पार्टी दिनेछ । इटालीमा हुने बिहेमा आफन्त र केही सिमित साथीहरुलाई मात्र निम्तो गरिएको छ ।
इटाली उड्दा यी दुबैले सेतो रंगको पहिरन लगाएका थिए । केही समय अगाडि इन्गेजमेन्ट गरेको यो जोडीले करिब ५ बर्ष लामो प्रेमलाई बिहेमा परिणत गर्न लागेको हो ।