कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!
रेसलरसँग जोरी खोज्दा राखी सावन्त अस्पतालमा
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
मङ्लबार, कार्तिक २७, २०७५
| November 13th, 2018 ग्लामर न्युज, समाचार
बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त एक रेसलरको फेला परेकी छन् । आफूसित निहु खोज्न आउँदा ती रेसलरले राखीलाई रिंगभित्रै उचालेर पछारिदिइन् ।
पाँचकुलाको ताउ देवीलाल स्टेडियममा आयोजित सीडब्लुई रेसलिंङ प्रतियोगितामा यो घटना भएको हो । उक्त एक दिसीय प्रतियोगितामा भाग लिन अन्तर्राष्ट्रिय रेसलरहरु आएका थिए । प्रतियोगिताका क्रममा महिला रेसलर रोबेल रिंगभित्र गइन् । उनले आफूसँग भिड्न महिलाहरुलाई ललकारिन् ।
दर्शकदिर्घामा रहेकी राखी रोबेलको चुनौति स्वीकार्दै भित्र गइन् । त्यसपछि उनले उल्टै रोबेललाई पहिले आफूसँग डान्स गर्ने चुनौति दिइन् । रोबेलले पनि त्यसलाई स्वीकार गरिन् । राखीको चुनौती बमोजिम उनले एउटा गीतमा राखीसँगै नाचिन् पनि ।
डान्स सकिनासाथ रोबेलले राखीलाई जुरुक्क बोकिन् र भुईंमा बजारिदिइन् । राखी उठ्नै सकिनन् । रिंगभित्रै लडिरहिन् । लामो समयसम्म नउठेपछि रेप|mीले उनलाई उठाए र रिंगबाहिर लगे । राखीको कम्मरमा गम्भीर चोट लागेको रहेछ । उनलाई अस्पताल भर्ना गरिएको छ ।