झापा शिवसताक्षी न .पा लालझोडामा भिषण आगोलागिमा परि ४ जनाको मृत्यु

झापा शिवसताक्षी नपा वाड न ७ लालझोडा स्कुल छेउ निवासी लक्षमण खनालको घरमा गए राती १० बजेतिर आगलागी हुदा परिवारका ४ जनाको जलेर
निधन भएको छ ! ३६ बर्सिया लक्षमण, उनकी श्रीमति, ४ बर्षिय छोरी सुप्रिया र काखे छोरा टिकाराम को जलेर मृत्यु भएको छ | ट्याक्टर तथा थेसर
व्यवसाय गर्ने उनी बेलुकी ८ बजेतिर घर फर्केका थिए ! खनाल परिवार सुतिसकेपछी अन्दाज १०.३० बजेतिर चारैतिर आगो लागिसकेको कारण कुनैपनी
ब्याक्ति बाहिर निस्कन नसकेको र छिमेकिहरुले समेत आगो नियन्त्रण गरेर कसैलाई बचाउन नसकेको छिमेकी देविमाया दहाल ले बताईन |

राती ११
बजेतिर वारुणयन्त्र दमकको दमकल आएर आगो नियन्त्रण गरेपनी जनधन सबै जलेर नस्ट भइसकेको थियो !

आगलागीकै क्रममा खनालको घरमा रहेको
ग्यास पटकदा छिमेकी गिता ढुङ्गेल गम्भीर घाइते भएर नोबेल अस्पताल पुर्याइएको छ भने घर बनाउदै गरेकी छिमेकी देविमाया दहालले खनालको घरमा
राखेको जिन्सी सामानहरु समेत जलेर नस्ट भएको छ ! खनालले पेट्रोल घरमुनी स्टोर गरेर राखेपनी आगो कसरी लाग्यो भन्ने एकिन हुन सकेको छैन !

साभार भरत शिवाकोटीको फेसबुक बाट

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार