निर्मलाको न्यायका लागि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको प्रदर्शन

जाजरकोट : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले निर्मला पन्तको न्यायको लागि जाजरकोटमा पनि प्रदर्शन गरेको छ ।

प्रदर्शनमा त्रिभुवन माध्यामिक विद्यालय, शान्ति ज्ञानकुन्ज बोर्डिङ, समाता स्कुल लगायत सामुदायिक र निजी स्कुलका सयौं विद्यार्थीहरु पनि सहभागी छन् ।

नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा आइतबार दिउसो जिल्ला सदरमुकाम खलंगाको तल्नो थाप्लेबाट सुरु भएको प्रदर्शन ठाटीबजार–गैरीखाली, जिल्ला प्रशासन–पिपलडाँडा हुँदै ठाँटी बजारमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेमबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टीका भेरी व्यूरो सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज वीरबहादुर खड्का (क्षितिज) र भेरी व्यूरो सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश वली (धमिल) ले सम्बोधन गरेका थिए ।

उनीहरुले कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । दाेषी पत्ता नलगाउनु र ‘नयाँ युगको सुरुवात’ भन्दै जताततै पोष्टर टाँस्नु लाजमर्दो भएको पनि उनीहरुको भनाइ थियो ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार