शैक्षिक भ्रमणको बस दुर्घटनामा मृतकको संख्या १६ पुग्यो, १० घाइते

दाङ — शैक्षिक भ्रमणमा गएको बस शुक्रबार साँझ राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

अहिलेसम्म १३ पुरुष र ३ महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।

दुर्घटनामा ५ पुरुष र ५ महिला गरी १० जना घाइते छन्।घाइतेमध्ये घोराही १९ सैघाकी १७ वर्षीया मेनुका रिजाललाई नेपालगञ्ज रिफर गरिएको छ। अछामको मंलगसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगानाको चिन्तानजनक रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले बताए। घाइते अधिकांश विद्यार्थी हुन्।

घाइते हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका १४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाको चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री, २ का १७ वर्षीय जीवन भण्डारी ४ की १६ वर्षीया पर्सा रोकाया, दाङको घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछामको मंगलसेन नगरपालिकाका १८ वर्षीय बिक्रम भण्डारी, पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेमबहादुर खड्का र पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन छन्।

सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताएका छन्। कृष्णसेन ईच्छुक पोलिटेक्निकल ईन्स्टिच्यूटका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणका लागि चढेको गाडी दुर्घटना भएको उनले जानकारी दिएका छन्। उक्त इन्स्टिच्युट यसै वर्षदेखि घोराहीमा सञ्चालन भएको हो।

घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु स्थलगत अवलोकनका लागि शुक्रबार बिहान कपुरकोट गएका थिए। फर्कने क्रममा गाडी दुर्घटना भएको डिएसपी शाहीले बताए।

राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। उद्धार जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरीले जनाएको छ।

अहिलेसम्म नौ पुरुष र एक महिलाको शव फेला परेको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।घटनामा तीन महिला र एक पुरुष घाइते भएका छन्। घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घाइतेहरुको पनि नाम, थर खुलेको छैन।

सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट करिब ७ सय मिटर तल खसेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताए। उद्धारका लागि तुलसीपुर र घोराहीबाट प्रहरी खटिएका छन्।

रातको समय र कठिन भूगोल भएकाले उद्धारमा कठिनाई भइरहेको उनले बताएका छन्। बसमा अधिकांश विद्यार्थी र शिक्षक सवार रहेको बुझिएको छ।

………….
राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका बस दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। अहिले उद्धार कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

अहिलेसम्म आठ पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।

https://www.youtube.com/watch?v=HMqa7gGGmJA

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार