किरण चेम्जोङ बने माल्दिभ्समा उत्कृष्ट गोलकिपर

१४ पुस, काठमाडौं । नेपालका गोलकिपर किरणकुमार चेम्जोङले यस वर्षको ‘माल्दिभ्स फुटबल अवार्ड’ जितेका छन् । टिम नेपालको पहिलो रोजाइका गोलकिपर चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेका हुन् ।

टीसी स्पोर्टस्बाट खेलेका उनले उत्कृष्ठ प्रदर्शन गर्दै १६ मध्ये ११ खेलमा एक गोल हुन दिएनन् । धिवेही लिगको अघिल्लो सिजनमा पनि उनी टीसी स्पोर्टस्बाटै खेलेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार