झापा शिवसताक्षी नगरपालिकामा‘ शिव सताक्षी दोस्रो मेयर कप’को चहलपहल

झापाको शिबसताक्षी नगरपालिकामा ‘ शिवसताक्षी दोस्रो मेयर कप’को चहलपहल बढेको छ । शिबसताक्षी खेलकुद विकास समितिले आयोजना गरेको ‘मेयर कप’ मा समावेश गरिएको खेलहरु मध्ये कराते फागुन ११ गते शनिबार झिलझिलेमा सम्पन्न हुने भएको छ ।

नगर खेलकुद विकास समितिका सदस्य एबम् कराते खेल विभाग संयोजक प्रेम फुंयालले पाथिभरा च्यानल संगको कुराकानीको क्रममा जानकारी दिए अनुसार शनिबार बिहान ८ बजेदेखी झिलझिलेस्थित गणेशमान अध्यन प्रतिष्ठानको खेल मैदानमा करातेतर्फ उमेर वा शारिरिक बनोटका प्रतियोगितात्मक खेल तथा प्रर्दशन हुने भएको छ । समाजसेबी तथा संयोजक फुँयालले कराते डोजो प्रतियोगिताका निम्ति खेलकुद विकास समितिले रु १ लाख २० हजार बजेट छुट्याएको जानकारी दिए ।

नगरको सवै वडाहरुबाट खेलाडीहरुलाई समावेश गर्ने उदेश्यले आयोजित नगर मेयर कप अन्तरगत कराते खेलमा एक सय भन्दा बढी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने संयोजक प्रेम फुंयाल बताए । त्यस्तैं, सो प्रतियोगितामा निर्णायक भूमिकासहित खेलको प्रशिक्षक (रेफी) र खेलाडीहरुसहित झापा जिल्लास्तरीय कराते संघ र शिबसताक्षी नगरस्तरीय कराते संघका प्रतिनिधिहरुसहित चार सय बढीको सहभागिता हुने फुयलले जानकारी दिए ।

प्रतियोगितामा उत्कृट खेलाडीहरुलाई नगद पुरुस्कार, शिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ | कार्यक्रममा सहभागी हुन् व्यस्तताका बाबजुत प्रतिनिधि सभाको सांसद एल पि साँवा झापा पुगी सक्नु भएको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार