मन्त्री फेरबदलबारे ओली–प्रचण्डबीच छलफल, को हट्लान् ?

काठमाडौं, २८ फागुन । सरकारले मन्त्री मण्डल पुनर्गठन नहुने बताइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सरकार पुनर्गठनको संकेत दिएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच सरकार पुनर्गठनबारे सामान्य छलफल अघि बढेको बताएका छन् । उनले मंगलबार विहान मात्र प्रधानमन्त्रीसँग सरकार पुनगर्ठनबारे कुराकानी भएको जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन ।’ उनले मन्त्री हेरफेर गरिए को–को मन्त्री परिवर्तन हुनसक्छ भन्नेबारेमा भने केहि बोलेनन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार