धरानको जिरो प्वाइन्टमा बस पल्टियो, च्यापिएर चालकसहित ४ जनाको मृत्यु

धरान (सुनसरी), २५ चैत । धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना भएको छ । सोमबार ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा चालकसहित ४ जनाको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।

मृतक चालक धरान ८ का चक्रबहादुर गुरुङको मात्र पहिचान खुलेको छ । मृतक हुनेमा एक बच्चा, एक जना महिला र एक वृद्ध छन् । उनीहरुको सनाखत हुन बाँकी छ । घाइतेहरुको हाल वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

घाइतेहरु ३० भन्दा बढी रहेको अनुमान छ । ती मध्ये पनि ४ जना गम्भीर छन् । प्रहरीका अनुसार केहीको अवस्था ज्यादै चिन्ताजनक रहेकोले मृतक संख्या अझै बढ्न सक्छ ।

बसभित्र कति यात्रु थिए भन्ने खुलेको छैन । घाइतेहरु ६ नम्बर बुधबारे, साम्मेवा, राजारानी, ओख्रे, शुक्रबारे क्षेत्रका बढी छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार