राज चाम्लिङ को निर्देशनमा ‘ बैनाबट्टा ‘ को छायांकन धमाधम हुदै

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को ताप्लेजुमा धमाधम छायांकन भइरहेको छ । चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ ।

नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ । अहिले ताप्लेजुङको विभिन्न रमणीय स्थलहरुमा चलचित्र बैना बट्टाको सुटिङ भइरहेको जानकारी निर्देशक राज चाम्लिङले पाथिभरा च्यानल लाई दिनुभयो ।

, भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् । यस चलचित्रको छायाँकन सम्पादन देबजँग थापाले गर्नुहुनेछ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे र निरा राई लगाएतका कलाकारहरुको अभिनय रहने छ ।

चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहने छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , कर्ण राई , दिप्सन लिम्बुहरुको आवाज रहेको छ । करिब १ महिनामा चलचित्रको छायांकन समाप्त हुनेछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार