एलिसा राईको अभिनय रहेको शर्मिला राईको स्वरमा “आँखामा गाजल ” सार्बजनिक ( भिडीयो सहित )

“आँखामा गाजल लाएर ” बोलको गीत बाट साँगितिक क्षेत्रमा प्रबेश गरेसंगै
चर्चा बटुलेकी गायिका शर्मिला राईको स्वरमा रहेको दोस्रो रमाईलो डान्सिङ
गीत ”ठुम्का” भर्खरैमात्र सार्बजनिक भएको छ।जसमा चर्चित युवा गीतकार
डि.पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज
पौडेलको संगीत संयोजन रहेको छ ।
अहिलेकी चर्चित मोडेल एलिसा राई र चर्चित प्र्याङकर एलिस राई अभिनित
नयाँ म्युजिक भिडियो ”ठुम्का”को भिडियोमा एलिसा राई र एलिस राईलाइ आकाश
राई र आनन्द गुरुङ लगायतका कलाकारले साथ दिएका छन।
लामो समयपछि पुन: भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले
निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छाँयांकन तथा
बिकाश ज्ञवालीको सम्पादन रहेको छ। गीतको मर्मअनुसारनै भिडियो उतारिएको
निर्देशक रुम्बाले जानकारी दिनु भयो ।गीतको अडियो भिडियोलाई “डश म्युजिक
नेपालको” आधिकारिक यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार